Sajhamanch Archive

वडाध्यक्ष भएपछि ‘मच्छड नियन्त्रण गर्ने’ कांग्रेसबाट वडा नं. ८ का उम्मेदवार कार्कीको घोषणा

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

बिर्तामोड । नेपाली कांग्रेसबाट बिर्तामोड नगरपालिका वडा नं. ८ को वडाध्यक्षमा चिरञ्जिवी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

‘अहिलेका जनप्रतिनिधिले मच्छडसम्म नियन्त्रण गर्न सकेनन्’ आज बिहान पत्रकार सम्मेलन गरेर उनले आफूलाई नेपाली कांग्रेसको सर्वसम्मत उम्मेदवार भएको सार्वजनिक गर्दै भने, ‘लामखुट्टे नियन्त्रण मेरो पहिलो प्राथमिकता हुनेछ ।’

जनताको सेवा गर्ने अभिष्ट पूरा गर्न वडाध्यक्षमा उम्मेदवारी दिने बताएका कार्कीले नगरक्षेत्रमा फैलिने धुलोधुवाँको नियन्त्रण पनि जरुरी रहेको औंल्याए । उनले वडाध्यक्षले पाउने मासिक पारिश्रमिक विपन्न परिवारका बालबालिकाको अध्ययनमा खर्च गर्ने उद्घोष गरे ।

२०४६ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका कार्कीले २०५९ सालमा निर्वाचित भई एक कार्यकाल मेची बहुमुखी क्याम्पसको स्ववियु उपसभापति रहुन्जेलसम्म विद्यार्थी राजनीति गरेको जनाएका छन् ।

२०६० सालमा पार्टीको क्षेत्रीय सभापति रहेर पार्टी राजनीति गरेको बताउँदै वडाध्यक्षका उम्मेदवार कार्कीले पूर्व राजा ज्ञानेन्द्रले ‘शाही कु’ गरेको समयदेखि २०६२/६३ को आन्दोलन सफल हुन्जेल महत्वपूर्ण योगदान गरेको सुनाएका छन् ।

कार्कीसँगै वडा सदस्य पदमा धर्मेन्द्र सिटौला र सरस्वती खतिवडाले पनि आजै नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार प्रस्तुत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *