कांग्रेसबाट बिर्तामोडमा भोजराज सिटौला नगरप्रमुख र वडाध्यक्ष उम्मेदवार सार्वजनिक
Published: (Updated: )
by .बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड नगरसमितिले बिर्तामोड नगरपालिकाको वडाअध्यक्ष र सदस्यहरुको उम्मेदवार टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रसँग गठबन्धन जारी राखेको नेपाली कांग्रेसले नगरप्रमुख लिएर उपप्रमुख माओवादीलाई दिने निर्णय भएको छ ।
बिर्तामोड नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट भोजराज सिटौला उम्मेदवार बन्ने भएका छन् । तर माओवादीबाट उपप्रमुखको नाम टुंगो नगरेको छलफलमा रहेका एक नेताले बताएका छन् ।
यसैगरी वडा नं. ७ र ९ मा माओवादीलाई वडाध्यक्ष दिने लगभग सहमति भएकाले कांग्रेसले आफ्नो उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।
पार्टी स्रोतका अनुसार बिर्तामोड वडा नं १ को वडाध्यक्षमा बलराम कार्की, २ मा धर्म लक्सम्बा, ३ मा प्रेम उप्रेती, ४ मा कुलप्रसाद संग्रौला, ५ मा रोहित प्रसाई, ६ मा सूर्यप्रसाद कन्दङ्वा, ८ मा चिरन्जिवी कार्की र १० मा दूर्योधन गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
Comments