हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७९/०१/१२
जिल्ला झापा मेचीनगर–१२ बस्ने स्व. दिलिपकुमार लिम्बू (सदस्य नं. २७८९१) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल चैत्र १३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१२ बस्ने निजका श्रीमती दिलमाया लिम्बूले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल वैशाख ७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी चारआली कार्यालय
Comments