धरानमा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता
Published:
by .धरान । धरान उपमहानगरपालिकाकोे प्रमुखमा नेकपा एमालेबाट हालका उपप्रमुख मञ्जु भण्डारी र उपप्रमुखमा २०५४ मा १९ नं. वडाबाट वडाध्यक्षमा विर्वाचित पदम लिम्बूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आज सोमबार बाजागाजसहितको र्याली निर्वाचन कार्यालय धरान–१२ पुगेर नगरप्रमुख–उपप्रमुख र २० वटै वडाका ५–५ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् ।
धरान नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक मुरारी सुवेदीका अनुसार पार्टीका आधिकारिक उम्मेदवारहरु नगरप्रुख, उपप्रमुख, २० वटै वडाका वडाध्यक्ष र ४–४ जना वडा सदस्यहरुसहित नेता कार्यकर्ताहरु नगरपरिक्रमा पछि निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य, प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य जयकुमार राई, प्रदेश सदस्यहरु तथा मेयरका आकाक्षीहरु मनोजकुमार मेन्याङवो, विजय राई, मोतीराज सुनुवारलगायत नेता कार्यकर्ताहरुको विशाल उपस्थिति थियो ।
मनोनयन दर्ताका लागि नेता कार्यकर्ताहरुको उत्साहाले चुनावी महौल बनेको मेयरका उम्मेद्वार मञ्जु भण्डारीको भनाई छ । २०४८, २०५४, २०७४ सालको इतिहास एमालेले यसपटक फर्काउने उनले बताइन् ।
Comments