हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published:
by .प्रथमपटक प्रकाशित मितिः २०७९/०१/१२
जिल्ला झापा अर्जुनधारा–२ बस्ने स्व. खिनमाया प्याकुरेल (सदस्य नं. ९८९२१) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल माघ १७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–२ बस्ने निजका श्रीमान बैजनाथ प्याकुरेलले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल वैशाख ४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी खुदुनाबारी कार्यालय
Comments