गठबन्धन दलबाट दमकमा मनोनयन दर्ताः नगरप्रमुखमा राप्रपाका थापा र उपप्रमुखमा कांग्रेसका प्रसाई
Published:
by .दमक । स्थानीय तहको निर्वाचनका लागि आज दमक नगरपालिकामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका तर्फबाट घोषित ५२ जना उम्मेदवारहरुले एकै टोली बनाएर आज मनोनयन दर्ता गराएका हुन् ।
गठबन्धनबाट नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र उपप्रमुखमा नेपाली कांग्रेसका रेगिना भट्टराई प्रसाईंले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी वडाध्यक्षहरुमा १ मा तारा अधिकारी, २ मा रुद्र कार्की, ३ मा डिल्ली चापागाईं, ४ मा पुण्य दाहाल र ५ मा धनबहादुर भट्टराईले उम्मेदवारी दिएका छन् ।
वडा नं. ६ को वडाध्यक्षमा यामजी श्रेष्ठ, ७ मा भिम पौडेल, ८ मा प्रकाश चापागाईं, ९ मा नगेन्द्र घोर्साई र १० मा राजेन्द्र भण्डारीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । वडा नम्बर १ का अधिकारी र ७ का पौडेल यसअघि पनि वडाध्यक्ष पदमा थिए । दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्पmबाट वडाध्यक्षको उम्मेदवा बनेका हुन् ।
त्यस्तै वडा नम्बर २, ६, ८ र ९ मा माओवादी केन्द्र तथा वडा नम्बर ३, ४, ५ र १० मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता भएको हो ।
गठबन्धनबाट मनोनयन दर्ता गराउँदै नगरप्रमुखका उम्मेद्वार राम थापाले नगरको नेतृत्वमा रहेर नगरबासीको सेवा गर्ने आप्नो चाहन पूरा हुने अवस्थामा पुगेको प्रतिक्रिया दिएका छन् । आफूहरुको गठबन्धनमा सबै दल, विचार, समुदायको प्रतिनिधित्व रहेकोले समग्र दमकको विकासका लागि यो टिम नै विजयी हुने उनको दावी छ ।
त्यसैगरी उपप्रमुख उम्मेदवार रेगिना भट्टराई प्रसाईंले पनि नगरका प्रमुख दलहरुको गठबन्धन रहेकाले आफूहरुको विजय निश्चित रहेको दावी गरिन् ।
Comments