नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन
Published:
by .बिर्तामोड । नेपाली कांग्रेस झापाले आसन्न स्थानीय तह निर्वाचन परिचालन, अनुगमन एवं प्रचार प्रसारका लागि दुईवटा समिति गठन गरेको छ ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन परिचालन तथा अनुगमन समिति गठन गरेको हो । समितिमा झापाबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य तथा वहालवाला मन्त्री एवं सांसद, झापाबाट निर्वाचित १ नम्बर प्रदेश कार्य समितिका पदाधिकारी, सदस्य, नेपाली कांग्रेस झापाका पदाधिकारी र क्षेत्रीय सभापतिहरु सदस्य रहनेछन् ।
यसैगरी पार्टीका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित जिल्ला निर्वाचन प्रचारप्रसार समितिमा जिल्ला कार्य समितिका सदस्य, क्षेत्रीय समितिका पदाधिकारीहरु, नेपाल प्रेस युनियन झापा, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रमुखहरु प्रचारप्रसार समितिको सदस्य रहने कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिएका छन् ।
Comments