बिर्तामोड नगरपालिकाको भावी नेतृत्वमा को ? नगरप्रमुख र उपप्रमुखका उम्मेदवारको सूचीसहित
Published:
by .बिर्तामोड । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार मनोनयन गर्न दिइएको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते बिर्तामोड नगरपालिकाको प्रमुखमा १० जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन गर्ने दुई दिनको अवधिमा ५२ पदका लागि बिर्तामोडमा २२३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए । नगरप्रमुख पदमा १० जना, उपप्रमुख पदमा ९, वडाध्यक्ष ५४ जना, महिला वडा सदस्य पदमा ३७ जना, दलित महिला वडा सदस्य पदमा ३१ जना र खुल्ला वडा सदस्य पदमा ८२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।
निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडका अनुसार नगरप्रमुखमा राजनीतिक दलबाट ९ जना र एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट नगरप्रमुखमा पवित्रादेवी महतारा प्रसाई उम्मेदवार बनेकी छन् ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट भोजराज सिटौला, राप्रपाबाट ध्रुवकुमार उप्रेती, मौलिक जरोकिलो पार्टीबाट प्रज्वल अधिकारी शर्मा, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट राजकुमार लावती, नेपाल लोकतान्त्रिक पार्टीबाट अंचल धिमाल, जनता समाजवादी पार्टीबाट उदय गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट मनकुमार खुदाङ लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नगेन्द्र अधिकारीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
यसरी नै नगर उपप्रमुखमा नेकपा एमालेबाट नगेन्द्रप्रसाद संग्रौला, राप्रपाबाट रञ्जु प्याकुरेल, कांग्रेस नेतृत्वको गठबन्धनबाट सिपी कडरिया, मौलिक जरोकिलो पार्टीबाट रितादेवी निरौलाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट रितादेवी शेर्मा, नेकपा एकीकृत समाजवादीबाट तीर्थ सिग्देल, जनता समाजवादीबाट चीजा राई, विवेकशील साझा पार्टीबाट निशा सोनी कर्णले उम्मेदवारी दिएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
Comments