फेबर ब्राण्डका ‘किचन सामग्री’ अब झापामा पाइने
Published:
by .बिर्तामोड । झापाको प्रमुख व्यापारिक सहर बिर्तामोडमा विश्व प्रसिद्ध फेबर ब्राण्डको अत्याधुनिक ‘किचन सामग्री’हरुको शोरुम सञ्चालन गरिएको छ ।
नेपालका लागि आधिकारिक विक्रेता आरके ओभरसिजले प्रदेश १ मा बिराटनगरपछि बिर्तामोडबाट फेबर ब्राण्डको किचन सामग्रीहरुको मंगलबारदेखि बिक्री शुरु गरेको हो ।
बिराटनगरमा पाएको सफलता र पूर्वका उपभोक्ताहरुको बढ्दो मागलाई ध्यानमा राख्दै फेबरको किचन सामग्रीहरुको सोरुम सञ्चालनमा ल्याइएको सञ्चालक रुपेश अग्रवालले जानकारी दिए ।
इटालीमा उत्पादन भई विश्वका विभिन्न देशमा लोकप्रिय बनेको फेबर ब्राण्डका किचन सामग्रीहरु आकर्षक डिजाइन, उपयोगी, निकै गुणस्तरीय रहेकोले उपभोक्ताको रोजाइमा परेका बताइएको छ । यसको माग बढ्दै गएको पाइएपछि उपभोक्ताको सहजताका लागि बिक्री केन्द्र विस्तार गर्दै जाने सोचअनुरुप बिर्तामोडमा पनि शोरुम सञ्चालन गरिएको अग्रवालको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल र उद्योगी–व्यवसायी राधेश्याम गोयलले संयुक्तरुपमा आज शोरुमको उद्घाटन गरिदिएका हुन् ।
कार्यक्रममा बोल्दै ढकालले नेपाली उपभोक्ताहरुले सुविधायुक्त, आकर्षक र गुणस्तरीय वस्तुहरु खोज्न थालेकोले फेबरका किचन सामग्रीहरुको बिक्री बढ्ने र यसमा सञ्चालकहरुलाई सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।
चेम्बर अफ कमर्स प्रदेश १ का उपाध्यक्ष सन्तोष अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सदस्य बिनोद बस्नेत, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, झापा उद्योग संघका महासचिव दुर्गाप्रसाद भण्डारीलगायतले व्यवसाय सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सोरुम बिर्तामोडको काँकरभिट्टा रोडमा सञ्चालनमा ल्याइएको छ । अत्याधुनिक ग्यास चुल्हो, चिम्नी, गिजर, डिसवासर (भाँडा माझ्ने मेशिन) ओवन, माइक्रो ओवन, मिक्स्चर मेशिन, अटोमेटिक लिक्विड डिस्पेन्सर लगायतका सामग्रीहरु लामो अवधिको वारेन्टीसहित उपलब्ध हुने अर्का सञ्चालक रोहित अग्रवालले जानकारी दिए ।
भारतको पुणे महाराष्ट्रमा बृहत रुपमा उत्पादन गर्दै आएको प्रेन्की फेबर प्रालिका यी उत्पादनले नेपाली बजारमा उत्साहजनक प्रतिक्रियाका साथ बिक्री भइरहेको सो प्रालिका कन्ट्री म्यानेजर गोपाल मेहराले बताए ।
Comments