अर्जुनधाराको चुनावी अभियान आज वडा नं. १० मा केन्द्रित
Published:
by .अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराले आज शुक्रबार १० नम्बर वडामा मतदाता भेटघाट कार्यक्रम गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमत हासिल गर्दै विजयी हुने लक्ष्य लिएको एमालेले उम्मेद्वारसहित मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएको हो ।
नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयर पदका उम्मेद्वार खड्गमाया पराजुलीसहित एमालेले आज अर्जुनधारा १० मा मतदाता भेटघाट कार्यक्रम गर्दै विभिन्न स्थानमा कोणसभा गरेको हो ।
वडाका विभिन्न स्थानमा भएको कोणसभामा नगरप्रमुख पदका उम्मेदवार गोम्देन र उपप्रमुख पदका प्रत्यासी पराजुलीले आफूहरु अर्जुधारालाई नमूना स्थानीय तह बनाउने भिजनका साथ चुनावी मैदानमा आएको बताए ।
केही स्थानमा भएको कोणसभामा स्थानीय जनताले उनीहरुसमक्ष आफ्नो क्षेत्रका समस्याहरु समेत राखेका थिए । उम्मेद्वारहरुले स्थानीय जनताको सम्पूर्ण समस्याको हल गर्दै नगरपालिकाको विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।
एमालेको तर्फबाट वडा नम्बर १० का वडाअध्यक्ष पदका उम्मेद्वार भुपेन्द्र न्यौपाने, सदस्य पदका उम्मेद्वारहरु रुपेश लिम्बु, डम्बरबहादुर धौराली, तुलसा बिष्ट महतारा र सिता परियारले पनि जनतासमक्ष भेटभाट गर्दै सूर्य चिन्हमा मतदान गरी आफूहरुरलाई विजयी गराउन आग्रह गरेका छन् ।
स्थानीय जनताको उत्साहपूर्ण सहभागिता रहेको नेकपा एमाले अर्जुनधाराको मतदाता भेटघाट कार्यक्रममा स्थानीय, जिल्ला, प्रदेश तथा विभिन्न तहका एमाले नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
Comments