‘महिलाले आसन पाए सुशासन कायम हुन्छ’ : खड्गमाया पराजुली
Published:
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार खड्गमाया पराजुलीले महिलाले आसन पाए सुशासन कायम हुने बताएकी छन् ।
नेकपा एमालेबाट उपप्रमुख पदमा उम्मेदवार बनेकी पराजुलीले आज अर्जुनधारा ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै सुशासनका लागि महिलालाई नेतृत्व अनिवार्य भएको बताएकी हुन् ।
अहिलेको परिस्थितिमा महिलालाई नेतृत्व गर्नका लागि आसन चाहिएको छ भन्दै उपप्रमुख पदका उम्मेदवार पराजुलीले आसन पाए भाषण गर्न सक्ने र भाषण गर्न जानेका महिलाले शासन गर्न सक्ने बताइन् । महिलाले शासन गरे सहज रुपमा सुशासन कायम हुने उनको दावी थियो ।
अर्जुनधारामा सुशासन कायम गर्न नेकपा एमालेका तर्फबाट सूर्य ध्वजावाहक ५७ जना उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन उनले आग्रह गरिन् ।
उक्त कोणसभामा एमालेबाट ३ नम्बरका वडाअध्यक्ष पदका उम्मेदवार हरि वाग्ले, मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ र एमाले झापा जिल्ला उपाध्यक्ष तथा संबिधानसभा सदस्य प्रेम गिरी लगायतका नेताहरुले नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आपील गरेका थिए ।
Comments