झापा गाउँपालिकामा एमालेको बढ्दो प्रभाव
Published:
by .झापा । झापा गाउँपालिकामा नेकपा एमालेले मतदातासँग घरघरमा नै पुगेर साक्षात्कार गर्ने कार्यलाई निरन्तरता दिएको छ । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन लक्षित घरदैलो तथा भेटघाटलाई एमालेले तीब्रता दिएको हो ।
जनताको घरआँगनमा गई उनीहरूका माग, दुःख–अप्ठ्यारा सुन्दै चुनावी अभियानलाई एमालेले अघि बढाइरहेको हो । एमाले जिल्ला कमिटी सदस्य मनोज ताम्ली, झापा गाउँ कमिटी अध्यक्ष गजेन्द्र ताम्ली, युवा नेताहरू विक्रम बानियाँ, मोहन पोखरेल लगायतको अगुवाइमा घरदैलो अभियान भइरहेको छ ।
यसपटक जुझारु, इमान्दार र सबैका प्रिय नेताहरूलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाएकोले एमालेप्रति जनताको भरोसा बढ्दै गएको बताइएको छ । ७ वटा वडा रहेको झापा गाउँपालिकामा नेकपा एमालेले ३७ पद मै उम्मेदवारी दिएको छ ।
गाउँपालिका अध्यक्षमा गौंरीशंकर राजवंशी र उपाध्यक्षमा देवीमाया अधिकारी कोइराला उम्मेदवार छन् । वडाध्यक्षहरुमा १ बाट माधव पोखरेल, २ बाट नेत्रबहादुर खड्का, ३ बाट खड्ग राजवंशी, ४ बाट राजुजङ्ग भारती, ५ बाट रामजी दुलाल, ६ बाट हेमबहादुर.कार्की र वार्ड नं. ७ बाट शरदकुमार तिम्सिना रहेका छन् ।
Comments