समुदायका समस्या समाधान एमालेको पहिलो प्राथमिकता : बलदेव गोम्देन
Published: (Updated: )
by .अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकामा नगरप्रमुख पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समुदायस्तरमा देखिएको समस्या समाधान आफ्नो पहिलो प्रथमिकता हुने बताएका छन् ।
चुनावी घरदैलोका क्रममा अर्जुनधारा ३ खुदुुुुनाबारीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले समुदाय स्तरमा देखिएको समस्याहरुको समाधान आफ्नो पहिलो प्राथमिकता हुने दोहोर्याएका हुन् ।
एमालेका उम्मेदवार गोम्देनले खुदुनाबारीको भूगोलमा भइरहने जंगली हात्तीको आतंक न्यूनीकरण गर्ने, बाटोको स्तरोन्नती गर्ने, नदी नियन्त्रण गर्ने, कृषिमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्ने बताएका हुन् ।
३ नम्बर वडाको बुढी सुखानी, जुकेखाडी, अमलडाँगी र शान्ति चोकमा भएको कोणसभामा स्थानीय बासिन्दाहरुले राखेको विभिन्न समस्या र गुनासोको सम्बोधन गर्दै मेयर पदका प्रत्यासी गोम्देनले समुदाय स्तरमा हाल देखिएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता हुने प्रतिबद्धता गरेका हुन् ।
कार्यक्रममा ३ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार हरि वाग्ले, नगर उपप्रमुख पदका उम्मेदवार खड्गमाया पराजुली र एमाले झापा जिल्ला उपाध्यक्ष तथा संविधानसभा सदस्य प्रेम गिरी लगायतका नेताहरुले नेकपा एमालेलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गरेका छन् ।
Comments