Sajhamanch Archive

अर्जुनधाराका अब्यवस्थित बसोबासीले लालपूर्जा पाउने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

अर्जुनधारा । आसन्न स्थानीय तह निर्वाचनमा अर्जुनधारा नगरपालिकाको प्रमुख पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्ने आश्वासन दिएका छन् ।

नेकपा एमालेबाट नगरप्रमुख पदका प्रत्यासी गोम्देनले चुनावी प्रचार अभियानमा बोल्दै अर्जुनधारामा रहेका भूमिहिन जनताहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासमा रहेकाहरुलाई जग्गा धनिपूर्जा वितरण गर्न आफू नेतृत्वको स्थानीय सरकारको पहिलो प्राथमिकता हुने प्रतिबद्धता जनाएक हुन् ।

अर्जुनधारा नगरपालिकाको ४ नम्बर वडाका जनतालाई चुनावी घरदैलोका क्रममा आयोजित कोणसभामा सम्बोधन गर्दै तामाङले सुकुम्बासी समस्या समाधानका लागि अर्जुनधारामा भूमि व्यवस्थापन शाखासमेत निर्माण भएकाले आफूहरुको नेतृत्वले पहिलो प्राथमिकताका साथ भूमि सम्बन्धी समस्याको समाधान गर्ने उनको भनाई छ ।

स्थानीय जनताले जोतभोग गरिरहेको अव्यवस्थित जग्गाको लगत संकलनका क्रममा स्थानीय सरकारले संकलन गरेको राजस्व सुरक्षित रहेको भन्दै हल्लाका पछि नलाग्न समेत उनको आग्रह छ । यसअघि अर्जुनधारा नगरपालिकाले अव्यवस्थित जग्गाको लगत संकलनको क्रममा प्रतिकठ्ठा ५०० रुपौँयाको दरले राजस्व संकलन गरेको थियो ।

सम्बोधनका क्रममा गोम्देनले जनताले जोतभोग गरिरहेको तथा अव्यवस्थित बसोबास भएको स्थानको प्रति १० कठ्ठा जग्गाको धनिपूर्जा निःशुल्क उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *