एमएनओका वडा सदस्य उम्मेद्वारी फिर्ता लिँदै एमालेमा प्रवेश
Published:
by .मेचीनगर । मेचीनगर वडा नं. ७ मा मंगोल नेसनल अर्गनाइजेसनबाट वडा सदस्य पदमा उम्मेद्वार बनेकी तारादेवी दर्जी एमाले प्रवेश गरेकी छन् ।
उनले आजै नेकपा एमालेका उम्मेद्वारहरुलाई समर्थन गरेको वक्तब्य जारी गर्दै वडा सदस्यको उम्मेद्वारी फिर्ता लिएको समेत घोषणा गरेकी छिन् ।
“जनताको प्यारो पार्टी नेकपा एमालेका उम्मेद्वारहरुलाई जिताउन पर्छ भन्ने लागेर मैले उम्मेद्वारी फिर्ता लिँदै एमाले प्रवेश गरेकी हुँ’ इटाभट्टामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भनिन् ।
देशको विकास गर्ने र गरीव दुःखीको पिरमर्का बुझ्ने पार्टी नेकपा एमाले मात्र भएको हुँदा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार प्रह्लादमणि ओली र वडाका सबै एमाले उम्मेद्वारहरुलाई आफ्नो समर्थन रहेको तारादेवीले बताइन् ।
आगामी दिनमा नेकपा एमालेमा क्रियाशील रहने उनले बताएकी छन् ।
Comments