Sajhamanch Archive

एमाले मेचीनगर : सकियो घरदैलो कार्यक्रम

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

मेचीनगर । स्थानीय तह निर्वाचनका प्रचार अभियान अन्तरगत नेकपा एमालेले मेचीनगरमा सबै वडामा चुनावी घरदैलो तथा कोणसभाका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

एमाले मेचीनगरको निर्वाचन परिचालन कमिटीको तालिका अनुसार सोमबार वडा नम्बर २ र ३ मा भएको कोणसभासहित १५ वटै वडामा सो कार्यक्रमहरु सम्पन्न भएको हो ।

मेचीनगर–२ को मेची जनसाधरण मावि उत्तर भगवती समाज, सिंहदेवी चोक, दिपज्योति, भृकुटी बजार, बौद्धमोड लगायतका ठाउँमा कोणसभा सम्पन्न भएको छ । कार्यक्रमका बीच वडा नं. ३ धरधरे निवासी माओवादी केन्द्रका वडा सदस्य देवकुमार बराइली एमालेमा प्रवेश गरेका छन् ।

मेचीनगर २ मा वडाध्यक्षका उम्मेदवार दिपक बराल तथा वडा सदस्यहरु बेनुप राई, डाकमान राई, डम्बरी बराइली र सीता मोते उम्मेदवारको रुपमा छन् । कार्यक्रमको सञ्चालन नगर सदस्य पूर्ण खड्का र वडा सदस्य चन्द्रमणि ढकालले गरेका थिए ।

त्यस्तै मेचीनगर–३ को महल्याचोक, बडागाउँ, बेँशीबजार, खम्बुटार, गोलाटार, तिम्सेनेचोक, नाज चिया बगानको धुरास्ती लगायतका ठाउँमा कोणसभा सम्पन्न भएका छ । कार्यक्रकै बीचमा शान्ति चोकका माओवादी केन्द्रका वडा सदस्य नारायण खड्का पनि एमाले पार्टीमा प्रवेश गरेका छन् ।

नेकपा एमालेबाट वडा नं. ३ को वडाध्यक्षमा हर्कबहादुर बस्नेत तथा वडा सदस्यहरु ख्याम सावाँ, गीता पोखरेल, फूलमाया रोक्का र किशोर भट्टराई उम्मेद्वारको रुपमा छन् । कार्यक्रमको सञ्चालन नगर सदस्य रविन भट्टराई गरेका थिए । कोणसभाको सहजकर्ताका रुपमा रमा भण्डारी र टिकाराम मंग्राती थिए ।

कोणसभामा मेयर पदका उम्मेद्वार गोपालचन्द्र बुढोथोकी, उपमेयरका उम्मेदवार मिना पोखरेल उप्रेती, एमालेका केन्द्रीय सदस्य एवम झापाका सहइन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई, भीम खवास, रमा भण्डारी, रामचन्द्र उप्रेती लगायतले कालोपत्रे सडक, सिञ्चाई, खानेपानी, बिजुली, हात्ती लगायतका विषयमा स्थानीयको माग सम्बोधन गर्ने बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *