स्थानीय तह निर्वाचन : भद्रपुरमा एमालेको बृहत मोटरसाइकल र्याली्र
Published: (Updated: )
by .भद्रपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचार–प्रसारको अन्तिम दिन मंगलबार झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमालेले बृहत मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ ।
चुनाव प्रचार–प्रसार कमिटी भद्रपुरको संयोजनमा एमाले कार्यकर्ता तथा समर्थकहरुले मोटरसाइकल र्याली निकालेका हुन् । भद्रपुर नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका युवा नेता असारु राजवंशी, उपप्रमुख पदमा उम्मेद्वारी दिएकी कौशल्या अधिकारीलगायत एमालेका सबै उम्मेद्वार र्यालीमा सहभागी थिए ।
एमालेका उम्मेदवारलाई भारी मतका साथ विजय गराउन आह्वान गर्दै मोटरसाइकल र्यालीले भद्रपुर परिक्रमा गरेको थियो । वडा नं १० बाट शुरु भएको र्याली सबै वडा पुगेर पुनः वडा नं १० मै कोणसभामा परिणत भएको थियो ।
घरदैलोमा पुगेर मतदातासँग मत माग्ने कार्यक्रमसँगै प्रचार–प्रसारको अन्तिम दिन मोटरसाइकल र्याली गरिएको भद्रपुरको चुनाव प्रसार–प्रसार कमिटीका संयोजक तथा नेकपा एमाले प्रदेश नं १ का सदस्य जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले भद्रपुरमा नेकपा एमाले तालिका बनाएर व्यवस्थित ढंगले चुनावी प्रचारमा लागेको बताए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा भद्रपुरमा नगरप्रमुख, उपप्रमुख, सात वडाध्यक्षसहित बहुमत सदस्य जित्न सफल नेकपा एमाले त्यो वर्चस्व र विरासतलाई कायम राख्दै थप सफलता हासिल गर्ने गरी चुनावी मैदानमा उत्रिएको र सर्वसाधारण मतदाताको प्रतिक्रिया र धारणाले नेकपा एमाललेलाई थप उत्साही बनाएको नगरप्रमुखका उम्मेद्वार राजवंशीले बताए ।
Comments