Sajhamanch Archive

तपाईंको मतदाता परिचयपत्र हरायो ? यसो गर्नुस् …..

Published: in राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by .

झापा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उत्सुकतापूर्वक बसेका तपाईंमध्ये कसैले आफ्नो मतदाता परिचयपत्र हराएर भोट नहाल्ने अवस्थामा पुग्नु भएको छ ? यदि यसो हो भने अब यसो गर्नुस् – तपाई आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र बोकेर आफ्नो वडाको मतदान केन्द्रमा जानुस्, भोट हाल्न पाइन्छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गरेको बताएका छन्।

निर्वाचन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको बताएका हुन्।

यसैगरी आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार प्रेस विज्ञप्ती प्रकाशन गरेर आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र लिएर मतदान गर्न जान भनेका छन् ।

हेर्नुस् विज्ञप्ती …

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *