दमकमा मेयर उम्मेद्वार थापाकाे धरानमा शल्यक्रिया गरिँदै
Published: (Updated: )
by .दमक । सत्तारूढ दलहरूसगँ गठबन्धन गरी झापाको दमकमा नगरप्रमुख पदमा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्पताल भर्ना भएका छन् ।
बिहीबार बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई धरानस्थित विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हाे। प्रतिष्ठानका चिकित्सक डाक्टर पदम नेपालीका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ। उनको आजै दिउँसो तीन बजे अपरेशन गर्ने तयारी हुँदै गरेको डाक्टर नेपालीले जानकारी दिएका छन् । यसअघि उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पतालमा भर्ना गरिएको थियो । आम्दामा उपचार संभव नभएपछि उपचारार्थ उनलाई घोपा रेफर गरिएको अस्पताल श्रोतले जनाएको छ ।
Comments