नर्सिङ दिवसमा नर्सलाई सम्मान तथा बिरामीलाई फलफूल
Published:
by .भद्रपुर । २०२औं विश्व नर्स दिवशको अवसर पारेर भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले उत्कृष्ट नर्स सम्मान तथा बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।
नर्सिङ विभागका प्रमुख निशा पाठकको अध्यक्षता तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष दिपककुमार पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लामो समयदेखि नर्सिङ्ग सेवामा कार्यरत निर्मला बाँस्कोटालाई दोसल्ला ओडाएर कदरपत्रसहित नगद पाँच हजार रुपैयाँ प्रदान गरी उत्कृष्ट नर्स २०७८ बाट सम्मानित गरिएको हो ।
अस्पताल परिसरमा सम्पन्न कार्यक्रमकमा अस्पतालका अध्यक्ष पोखरेल, निर्देशक बालकुमार पोखरेल, अस्पतालमा कार्यरत नर्सहरूको टोलीले अस्पतालमा उपचाररत बिरामीलाई फलफूल तथा जुससमेत वितरण गरेका थिए ।
Comments