Sajhamanch Archive

बिर्तामोडमा १ नं. र १० नं. वडाको मतगणना एकसाथ गरिँदै : एमालेको अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

बिर्तामोड । स्थानीय तह निर्वाचन अन्तरगत वैशाख ३० गते सम्पन्न मतदानको मतगणना कार्यलाई बिर्तामोड नगरपालिकाले विस्तार गरेको छ । वडा नं. १ बाट गणना सुरु गरेकोमा हाल वडा नं. १० को पनि मत गणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले भर्खरै जारी गरेको सूचना अनुसार वडा नं. १ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद पाण्डेले १०१३ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारलाई पछ्याउँदै नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार बलराम कार्कीले ८३५ मत प्राप्त गरेका छन् ।

यस्तै वडा नं. १० को भर्खरै सुरुभएको मत गणना अनुसार नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवारले ८९ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार दूर्योधन गुरुङको ८६ मत आएको छ ।

नेकपा एमालेका नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाईले ११६६ मत प्राप्त गरेकी छन् भने उपप्रमुख पदका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलले ११२६ मत पाएको निर्वाचन अधकृतको कार्यालयले जनाएको छ ।

एमालेका पछिपछि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार भोजराज सिटौलाले नगरप्रमुखमा ८१७ मत र उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले ५२७ मत प्राप्त गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *