कनकाई वडा नं. ६ मा नेकपा एमालेको वडाध्यक्ष र ३ सदस्य, कांग्रेसको १ सदस्य विजयी
Published: (Updated: )
by .कनकाई । कनकाई नगरपालिका वडा न ६ मा नेकपा एमालेकाे तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका दीर्घबहादुर थापाले ५०८ मत ल्याई विजयी हासिल गरेका छन् । उनले नेपाली कांग्रेसको वागीकाे उम्मेदवार रूपमा स्वतन्त्रबाट उठेका लक्ष्मी ओलीलाई पछि पार्दै विजयी हासिल गरेका हुन् ।
महिला वडा सदस्यमा पनि एमालेका कुमारी द्राैपदा गाैतमले नेपाली कांग्रेसकी लक्ष्मीदेवी ओलीलाई पछि पार्दै ५७९ मत ल्याएर विजय हासिल गरिन् । त्यसैगरी दलित महिला वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी कल्पना विश्वकर्माले ५६२ मत ल्याई विजयी हासिल गरेकी छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी गोमादेवी दर्जीलाई १८८ मतान्तरले कल्पना विजयी भएकी हुन् ।
खुला (दुई) सदस्यमा नेकपा एमालेका सन्तोष साेरेनले ५८८ मत ल्याई विजयी भएका छन् भने अर्को खुला सदस्यमा नेपाली कांग्रेसका अर्जुन राजवंशीले ५४८ मत ल्याई विजयी हासिल गरेका हुन् ।
यसअघि वडा नं ८ र ९ काे मत परिणाम सार्वजनिक भईसकेकाे छ । जसमध्ये वडा नं ९ मा एमालेको प्यानल नै विजयी भएकाे छ भने ८ नं. मा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् । अहिले बडा नं. ७, ५ र ४ काे मतगणना भईरहेकाे छ ।
Comments