शिवसताक्षीमा निर्वाचन अधिकृत फेरिए
Published: (Updated: )
by .शिवसताक्षी । गए रातिदेखि स्थगित शिवसताक्षी नगरपालिकाकाे मतगणना कार्य नयाँ निर्वाचन अधिकृत आएसँगै सुचारू हुने भएकाे छ ।
निर्वाचन आयाेगले मधु पाेखरेललाई निर्वाचन अधिकृत नियुक्त गरि मतगणनास्थलमा पठाए पछि अब मतगणना सुचारू हुने भएकाे हाे । अब सर्वदलीय बैठक बसेर विगतमा भएका गल्ती कमजाेरी र अन्याेल अन्त्य गर्दै मतगणना सुचारू हुने जनाइएको छ ।
हिजाे वडा नं १ काे मत परिणामकाे मुचुल्का उठाउँदा ३०२८ र ३०८२ लेखाइमा उल्टाेपाल्टाे भएकाे भन्दै गठबन्धन दलहरूले विराेध गरेपछि गणना स्थगित भएकाे हाे ।
यसअघि मत गणना स्थलमा विवाद भएपछि निर्वाचन अधिकृत ऋषि पौडेललाई आयोगले फिर्ता बोलाइएको थियो ।
वडा नं. १ को मतगणना सकिएर निर्वाचन कार्यालयले विजयी घोषणा गरेको ५ घण्टा पछि पार्टी प्रतिनिधिहरुले ५४ मत हराएको भन्दै विरोध जनाएका थिए । उक्त वडामा निर्वाचनका दिन ३ हजार ८२ मत खसेको मुचुल्का छ । तर, निर्वाचन अधिकृतको कार्यालयले आइतबार विहान ३ हजार २८ मतपत्र मात्र गणना गरी अन्तिम नतिजा सार्वजनिक गरेको भन्दै पार्टी प्रतिनिधिहरुले विरोध जनाएका थिए ।
विवादका कारण आइतबार साँझदेखि निर्वाचन कार्यालय शिवसताक्षीले मतगणना कार्य स्थगित गरेको थियो । विवाद बढेपछि पौडेललाई फिर्ता बोलाएर मधु पोखरेललाई नयाँ अधिकृतका रुपमा शिवसताक्षी खटाउने निर्णय भएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए ।
Comments