Sajhamanch Archive

कमल ३ का नवनिर्वाचत वडाध्यक्ष कोइरालाले वडालाई प्रविधिमैत्री बनाउने प्रतिवद्धता दोहोर्याए

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा वडाध्यक्षसहित नेकपा एमालेले प्यानलै विजयी गराएको छ । निर्वाचन कार्यालयले वडा नम्बर ३ को अध्यक्षमा अग्निप्रसाद कोइरालासहित एमालेको प्यानलै विजयी भएको घोषणा गरेसँगै आज एमालेले विजय र्याली निकालेको हो ।

निर्वाचन कार्यालय रहेको वडा नं. २ क्याम्पाबाट सुरु गरिएको विजय र्यालीले वडा नम्बर ३ का विभिन्न टोलको परिक्रमा गरेर केर्खा बजारमा आएर कोणसभा गरी समापन गरिएको थियो ।

र्याली समापनमा नव निर्वाचित वडाध्यक्ष कोइरालाले संक्षिप्त मन्तब्य राख्दै वडाको पूर्वाधार विकासका साथै सम्पूर्ण वडाबासीलाई शिक्षा, स्वास्थ्य सहजरुपमा उपलब्ध गराउँदै सुशासन कायम गर्ने तथा वडालाई प्रविधिमैत्री बनाउने बताए ।

‘बितेका पाँच वर्षमा हामीले कमल गाउँपालिकामा थुप्रै कामहरु गरेका छौं’ गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन् ‘निर्वाचन घोषणा पत्रमा उल्लेख भएका कतिपय योजना कोभिड महामारीका कारण पूरा गर्न नसकिएकोमा हामीले मदातासमक्ष वास्तविकता उजागर गरिसकेका छौं ।’

‘पहिले तय गरिएका तर सम्पादन गर्न नसकिएका योजना तथा यसपटकको निर्वाचनमा घोषणपत्रमार्फत् उल्लेख गरिएका योजनाहरु नवनिर्वाचित जनप्रतिनिधिले गरिनेछ’ नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेकी गाउँपालिका अध्यक्ष काफ्लेले बताइन् ।

निर्वाचन कार्यालयले जारी गरेको मत परिणाम अनुसार वडाध्यक्षमा निर्वाचित कोइरालाले १,७३९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार गौरीमान फागोले १,४२८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी खुल्ला महिला वडा सदस्यमा एमालेकी भगवती राईले १,६७० मत प्राप्त गरी विजयी भएकी छन् भने दलित महिला वडा सदस्यमा केसरा बर्देवा नेपाली १,७१५ मत प्राप्त गरी विजयी भएकी हुन् ।

यस्तै खुल्ला सदस्यमा एङ्गल गुरुङ्गले १,६०४ मत र सन्तबहादुर मगरले १,५८६ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत प्रकास गौतमले हस्ताक्षर गरी जारी मत परिणाममा उल्लेख छ ।

यसअघि गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केदार कटुवालसहित पूरै प्यानल विजयी भएको थियो ।

यस्तै वडा नम्बर २ मा नेकपा (एस)का अशोक सुब्बा वडाध्यक्षमा निर्वाचित भएका छन् भने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलका उम्मेदवारले पनि कलम चिह्न नै लिएर निर्वाचनमा होमिएकोमा प्यानलै विजयी भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *