Sajhamanch Archive

भद्रपुर ४ को वडाध्यक्षमा माओवादीका राजवंशी, तीनजना सदस्य एमालेबाट

Published: in राजनीति, लोकप्रिय, स्थानीय तह by .

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा हंशधर राजवंशी निर्वाचित भएका छन् ।

गठबन्धनबाट उम्मेद्वार भएका राजवंशीले १,२६६ मत प्राप्त गरी विजयी बने । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर खजुम ९३५ मतमा सिमित भए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित राजवंशी निवर्तमान वडाध्यक्ष समेत हुन् ।

खुल्ला वडा सदस्यहरुमा नेकपा एमालेबाट अर्जुन बानियाँ ८९८ मत र माधवप्रसाद अधिकारी ९४२ मत प्राप्त गरी विजयी भए । महिला वडा सदस्यमा नेकपा माओवादी केन्द्रकी सविता पुरी १,०२० मतका साथ विजयी भइन् । त्यसैगरी दलित महिला वडा सदस्यमा नेकपा एमालेकी सावित्रा विक ८६५ मत प्राप्त गरी विजयी भएकी छन् ।

वडा नं. ४ को मतगणना सम्पन्न हुँदा नगरप्रमुख तथा उपप्रमुखका मुख्य तीन प्रतिष्पर्धीहरुको मत परिणाम निम्नानुुसार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरप्रमुखः

नेपाली कांग्रेसका गणेश पोखरेलले ४,४९९ मत
नेकपा एमालेका असारु राजवंशीले ३,६४५ मत
राप्रपाका नवराज पनेरुले २,८७९ मत ।

नगर उपप्रमुखः
नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ४,१२२ मत
राप्रपाका राधा कार्कीले ३,३११ मत
नेकपा एमालेका कौशल्या अधिकारीले ३,२८७ मत ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *