Sajhamanch Archive

बिर्तामोडमा एमालेका प्रमुख उपप्रमुखको मत अग्रता ५१६ र १५३९ ले

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाको साँझ १० बजे घोषित मत परिणाम अनुसार हालसम्म जम्मा मत ८,०२३ गणना भएको छ ।

नगरप्रमुखमा नेकपा एमालेका पवित्रादेवी महतरा प्रसाईंले ३,२१६ मत प्राप्त गरेकी छन् भने गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका भोजराज सिटौलाले २,७०० मत पाएका छन् । यस्तै राप्रपाका ध्रुव उप्रेतीले १,०५६ मत पाएका छन् ।

यसैगरी उपप्रमुख पदमा नेकपा एमालेका नगेन्द्रप्रसाद संग्रौलाले ३,२५४ मत प्राप्त गर्दा गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रका सिपी कडरियाले १,७१५ मत पाएका छन् भने राप्रपाका रन्जु प्याकुरेलले १,२२७ मत पाएकी छन् ।

बिर्तामोडमा हालसम्म एमालेका प्रमुख उपप्रमुखका उम्मेदवारले अन्य दलकोभन्दा क्रमशः ५१६ र १५३९ ले मत अग्रता कायम गरेका छन् ।

हालसम्म बिर्तामोड नगरपालिका वडा नं. १ को मत परिणाम सार्वजनिक भइसकेको छ । त्यहाँ नेकपा एमालेका पाँचैजना उम्मेदवारहरुले विजय प्राप्त गरेका छन् । पछिल्लो समय वडा नं. २, १० र ९ को मत गणना भइरहेको छ ।

वडा नम्बर २ मा जम्मा मतदाता संख्या ७,०६० रहेकोमा निर्वाचनमा खसेको मत संख्या ५,१७८ रहेको छ भने हालसम्म २,६३० मत गणना सम्पन्न भएको जनाएको छ ।

जसअनुसार वडाध्यक्षमा नेकपा एमालेका किशोरकुमार पौडेलले ९४२ मत प्राप्त गरेका छन् भने राप्रपाका शंकरप्रसाद रिजालले ७४९ मत र नेपाली कांग्रेसका धर्म लक्सम्बाले ६५५ मत प्राप्त गरिसकेका छन् ।

मत गणना भइरहेको वडा नम्बर १० को जम्मा मतदाता संख्या ५,६९३ हो भने निर्वाचनमा खसेको मत संख्या ४,०६५ हो । जहाँ हालसम्म २,००९ मत गणना भइसकेको छ ।

गणना सम्पन्न भएको मत परिणामअनुसार वडाध्यक्ष पदमा नेपाली कांग्रेसका दुर्योधन गुरुङले ९५३ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका रिमानध्वज लिम्बुले ७९० मतसहित पछ्याइरहेका छन् ।

पछिल्लो समय वडा नं. ९ को पनि मत गणना सुरु भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *