Sajhamanch Archive

बिर्तामोड २ मा वडाध्यक्ष पौडेलसहित एमालेको प्यानल निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं २ मा पुनः नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि एमालेको प्यानल विजयी भएको थियो ।

आज दिउँसो सम्पन्न मतगणनाको परिणाम अनुसार राप्रपाका शंकरप्रसाद रिजाललाई ६५९ मतले पराजित गरी एमालेका किशोरकुमार पौडेल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

पौडेलले २,०२१ मत ल्याउँदा रिजालले १,३६२ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा नेपाली कांग्रेसका धर्मराज लक्सम्बाले १,२३० मत ल्याएका छन् ।

वडा नं. २ बाट खुल्ला वडा सदस्यमा एमालेका ओमनाथ गौतमले १,८२५ मत, चेतन बिमलीले १,८४७, महिला वडा सदस्यमा तिला गौतमले २,०८१ मत र दलित महिला वडा सदस्यमा शर्मिला त्रिखत्रीले २,०२९ मत प्राप्त गरी विजयी भएका हुन् ।

बिर्तामोड नगरपालिकाको मत परिणाम अनुसार यसअघि एमालेले वडा नं. १ मा पनि प्यानलै जितिसकेको छ । अहिले वडा नं. १०, वडा नं. ९ र वडा नं. ३ को मत गणना जारी रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *