दिपेन्द्र राउत निरन्तर शिखरमा
Published: (Updated: )
by .बिर्तामोड । यहाँस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न आठौं वार्षिक साधारणसभाले तेस्रो कार्यकालका लागि दिपेन्द्र राउतलाई पुनः अध्यक्ष पदमा सर्वसम्वत निर्वाचित गरेको छ ।
बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिले राउतको अध्यक्षतामा चार वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा ऐश्वर्या पाण्डे, सचिवमा हिमाल प्रसाई, सहसचिवमा तारा खतिवडा र कोषाध्यक्षमा विजय चापागाईलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, सञ्चालक सदस्यहरुमा विज्ञान खड्का, किरण थापा, सुचित्रा मेचे, रजनी राउत, मदन विक र योगेश पौडेल चुनिएका छन् ।
संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा अर्जुन चापागाईं चुनिएका छन् भने सदस्यहरुमा खगेन्द्र नेपाल र ज्योति शिवाकोटी चयन भएका छन् ।
सञ्चालक समितिको अध्यक्षमा पुनः निर्वाचित भएपछि आफ्नो प्रतिवद्धता मन्तब्य राख्दै दिपेन्द्र राउतले शेयर सदस्यको विश्वास र भरोसालाई कदापी ठेस लाग्न नदिने बताए । उनले साधारणसभामा उपस्थित सयौं शेयर सदस्यहरुमाझ संस्थाको वृत्तिविकासमा आफ्नो योगदान स्थापनाकालदेखि हालसम्मको झैं निरन्तर र पूर्णरहने दृढ संकल्प पनि गरे ।
Comments