Sajhamanch Archive

बाह्रदशीका गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गरिदिने पहिलो प्रस्ताव पारित

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by .

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष र उपाध्यक्षले आ–आफ्नो कार्यकक्षमा गएर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्नुअघि मुख्य निर्वाचन अधिकृत गिरीराज गौमतमबाट सपथ ग्रहण गरेका गाउँपालिका अध्यक्ष चम्लागाईले उपाध्यक्षसहित, वडाध्यक्ष र सदस्यहरुलाई सपथग्रण गराएका थिए । उनले सपथग्रहण गराएपछि वडाध्यक्षहरुले समेत पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उपाध्यक्ष शिवोकाटीले गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गर्ने कार्यक्रम पेश गरिन् । उपाध्यक्षको सो प्रस्तावलाई अध्यक्ष चम्लागाईले सदर गर्दै पदभार ग्रहण गरेका हुन् ।

चकचकी, राजगढ र डाँगीबारी स्वास्थ्य केन्द्रबाट सेवा उपलब्ध गराउने गरी निःशुल्क भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमबाट गाउँपालिकाका गरिव, विपन्न महिला लाभान्वित हुने विश्वास गरिएको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष चम्लागाईले बाह्रदशी गाउँपालिकाको समग्र विकास र संमृद्धिमा सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । उनले नमूना गाउँपालिका बनाउँदै पालिकाबासीको हितमा काम गरेर देखाउने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *