Sajhamanch Archive

परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी झापाका पत्रकारसँग अन्तरक्रिया

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज by .

विर्तामोड । वुद्ध हेल्थ प्रोमोशन एण्ड एजुकेशन सेन्टर राजविराज सप्तरीले स्वास्थ्य कार्यालय झापाको सहयोगमा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी अन्तरक्रिया कार्यक्रम विर्तामोडमा सम्पन्न गरेको छ ।

सञ्चार माध्यमहरु मार्फत जनचेतना अभिबृद्धि गर्न सरोकारवालाहरुसँग समन्वय गर्दै उपलब्ध स्वास्थ्य सेवा प्रयोग गरी परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु मातृ, मुत्युदर, शिशु मृत्युदर, बालमृत्युदर कम गर्ने उदेश्यले अन्तरक्रिया आयोजना गरिएको आयोजकले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यमा आइपर्ने समस्याहरुमा जनचेतना जगाउन सञ्चार माध्यमको भूमिकाको वारेमा चर्चा गरिएको थियो । कार्यक्रमममा अझै पनि नेपालमा ४७ प्रतिशतले परिवार नियोजनका साधान प्रयोग नगरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन शशीकुमार भट्टराईले उपलबध स्वास्थ्य सेवाको प्रयोग गरी परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी सूचनाहरु जस्तै मातृ मृत्युदर, शिशु मृत्युदर र बाल मृत्युदरलाई कम गर्ने र परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यमा आइपर्ने समस्याहरुमा जनचेतना जोगाउन संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

अहिले परिवार नियोजनको प्रयोग घटेको जनाउँदै उनले रिपोर्टिङ नभएको कारणले हो वा जनचेतनाको कमीको कारणले गर्दा यसको प्रयोग घट्दोक्रममा रहेको तथ्याङ्क सुनाए ।

परिवार नियोजन सम्बन्धी राम्रो ज्ञान र जनचेतना नभएको कारण पनि उपलब्ध स्वास्थ्य सेवाको प्रयोग नगरिएको हुनसक्छ जसका लागि मोटिभेसनल सिस्टमलाई हटाएर काउन्सेलिङ सिस्टमलाई प्रयोगमा ल्याउन पर्ने उनको सुझाव छ ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले परिवार नियोजन नभएर परिवार योजना चाहिँ हुनपर्ने भनाई राखेका छन् । किनभने यो योजनाले मातृ मृत्युदर, शिशु मृत्युदर र बाल मृत्युदरलाई कम गर्न सहयोग गर्नेछ भने परिवारको योजना बनाउन पनि सहयोग गर्दछ । प्रदेश १ का सुनसरी, झापा र इलाम लगायत देशभरका ९ वटा जिल्लामा यो कार्यक्रम सञ्चालनमा रहेको घिमिरेले बताए ।

नेपाल स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य अधिकृत इन्द्रबहादुर बानियाँ र शाखा अधिकृत दिपक रिजालसहितको सहभागितामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख झापाका प्रमुख योगराज घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

संस्थाका कोषाध्यक्ष दुर्लव देवले कार्यक्रमको सहजीकरण गरेका थिए भने कार्यक्रममा उपस्थितहरुलाई स्वास्थ्य कार्यालय झापाका शशीकुमार भट्टराइले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा परिवार नियोजन साधनको प्रयोगदर र अपरिपुर्त माग, परिवार नियोजनका साधानको प्रयोग अवस्था, उपलब्धी, नेपालमा जन्मदरको अवस्था, परिवार नियोजन सेवामा सफलता, परिवार नियोजन साधनको नयाँ प्रयोगकर्ता, स्थायी बन्ध्याकरण सेवा, परिवार नियोजन साधनको प्रयोगदर लगायतका वारेमा जानकारी दिइएको थियो ।

कार्यक्रमको सहजीकरण बुद्ध हेल्थ प्रमोशन एण्ड एजुकेशन सेन्टरका वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण देव, परिवार नियोजन अधिकृत झापा शसीकुमार भट्टराई, स्वास्थ्य कार्यालय झापा प्रमुख योगराज घिमिरे, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत इन्द्रबहादुर बाँनियाले गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका शाखा अधिकृत दीपक रिजाललगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *