आन्तरिक उडानमा नयाँ नियम : कार्यान्वयनमा समन्वय नहुँदा ढिलाइ
Published:
by .काठमाण्डौ । सरकारको नयाँ नियम कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आजका आन्तरिक उडानमा ढिलाइ भएको छ ।
सरकारले उडान सुरक्षालाई ध्यानमा राखेर गरेको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बिहान दुई घण्टा उडान ढिलो भएको हो । आज बिहानको मौसम सफा भए पनि ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमति नदिँदा २ घण्टा रोकिएको थियो ।
मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै नागरिक उड्डयन प्राधिकरणले उडानका लागि अनुमति नदिँदा उडान दुई घण्टा रोकिएको यति एअरलाइन्सले जनाएको छ । आज पहिलो दिन भएकोले समन्यवमा समस्या भए पनि भोलिदेखि यस्तो नहुने त्रिभुवन विमानस्थलमा प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो ।
जहाज प्रस्थान गर्ने विमानस्थल तथा पुग्नुपर्ने विमानस्थलसहित विमानको बाटो अर्थात इनरुटको मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय आजदेखि लागू भएको छ । यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली अर्थात भीएफआर रहेको रुट र जहाजको हकमा लागू भएको हो ।
Comments