कमलमा बाल भेला, बालबालिकाको सर्वाङ्गिण विकासका लागि बजेट माग
Published:
by .कमल । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बनाउने नीति कार्यक्रम तथा बजेटमा बालबालिकाका रुचि, चाहना र भावनालाई समेट्ने उद्देश्यले आज पालिकास्तरीय बाल भेला सम्पन्न भएको छ ।
कमल बाल संजालको आयोजनामा बृहत बाल भेलाको आयोजना गरिएको हो । बालबालिकाको क्षमता अभिवृद्धिका साथै समाजका विभिन्न क्षेत्रमा बालबालिकाले भोगेको समस्यालाई पहिचान गरी गाउँपालिकाले तयार गर्ने आगामी वर्षको नीति कार्यक्रम र बजेटमा समावेश गर्न दाबाव दिनका लागि बाल भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
बालबालिकाका विषयमा विज्ञले दिएको सुझावभन्दा बालबालिका आफैं उपस्थित भएर दिएको सुझाव प्रभावकारी हुने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको कमल बाल सन्जालका अध्यक्ष विनोद थापाले बताए ।
बालबालिकाको चाहना अन्तरगत स्वतन्त्ररुपमा खान, आराम गर्न, पढ्न, खेल्न ,हिंडडुल गर्न, आफ्नो क्षमता स्वतन्त्र रुपमा देखाउन पाउनुपर्ने लगायतका अधिकारलाई नीति, कार्यक्रम र बजेटमा समेट्नु पर्नेउनको तर्क छ ।
भेलाबाट बालबालिकाको क्षमता अभिवृद्धि गर्न आवश्यक विभिन्न कार्यक्रम र समस्यालाई पहिचान गरी प्राथमिकताको आधारमा लिपिबद्ध गरेर गाउँपालिकालाई बुझाउने र त्यस्ता कार्यक्रमलाई गाउँपालिकाले बजेटसहित आफ्नो वार्षिक कार्यक्रममा समावेश गर्नेछ भन्ने अपेक्षाका साथ कार्यक्रम गरिएको सहजकर्ता सुमन ढकालले बताए ।
Comments