सहारा नेपाल साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन
Published: (Updated: )
by .झापा । कडा अभ्यास र कसरत एवम् लामो समयको अन्तरालपछि नेपालकै अग्रणी सहकारी सहारा नेपाल साकोसले आफ्नो नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
करिब एक वर्षदेखि पूर्ण कार्यकारी अधिकार बिना नै सहारा नेपाल साकोसको सञ्चालक समिति रहेको थियो । संस्थाका अधिकांश सञ्चालक तथा कर्मचारीहरुले चुनावको विधिबाट नेतृत्व चयन गर्दा संस्था सञ्चालनमा कठनिाइ हुने निश्कर्ष निकाल्दै सर्वसम्मतिका लागि अनेकन प्रयास गरिरहेका थिए ।
संस्थाका तत्कालिन अध्यक्ष ताराप्रसाद सञ्जेलको २०७६ फागुनमा असामयिक निधन भएपछि वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला कार्यवाहक तोकिएका थिए । उनैको अध्यक्षतामा चलिरहेको संस्थाले जेठ २४ गते साँझबाट चारवर्षे कार्यकालका लागि नयाँ नेतृत्व पाएको हो ।
जसअनुसार तत्कालीन संविधानसभाका सदस्य हरिबहादुर राजवंशी अध्यक्षमा सर्वसम्मत भएका छन् भने हरिप्रसाद निरौलालाई वरिष्ठ उपाध्यक्षमा निरन्तरता दिइएको छ ।
निर्वाचन समितिका संयोजक अधिवक्ता खगेन्द्र खरेलका अनुसार महिला उपाध्यक्षमा पवित्रा लिम्बू, प्रथम उपाध्यक्षमा छविलाल खतिवडा र द्वितीय उपाध्यक्षमा ज्ञानुनाथ मैनाली चयन भएका छन् ।
संस्थाको कोषाध्यक्षमा डम्बरबहादुर देउजा र सहकोषाध्यक्षमा नेत्रबहादुर नेपालले जिम्मेवारी पाएका छन् । सञ्चालक समिति सदस्यहरुमा भिमबहादुर खबास, भोला धिताल, लक्ष्मीपसाद आचार्य र शंकरप्रसाद रिजाल खुल्ला कोटाबाट चयन भएका छन् ।
यस्तै गुहेश्वरी कार्की, नर्वदा संग्रौला, पार्वता गिरी भारती र विन्दू श्रेष्ठलाई महिला कोटाबाट सञ्चालक समिति सदस्यमा जिम्मेवारी दिइएको छ । संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा उपेन्द्रप्रसाद ओली र सदस्यहरुमा पर्शुराम कठेत तथा शंकर सुेदी सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बुधबार अपरान्ह पद तथा गोपनियताको सपथ गराएको छ ।
Comments