Sajhamanch Archive

गाउँ पस्तै डाइग्नोष्टिक सेन्टर

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्वास्थ्य by .

अर्जुनधारा । झापाको अर्जुनधारा वडा नं. ६ स्थित माता मन्दिर नजिकै आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याइएको छ ।

चिकित्सक डा.रबिन्द्र लालदास र उनकी श्रीमती डा. सिमाकुमारी सिन्हा दासले उक्त डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

आज शुक्रबार डा. रविन्द्रका पिता उमेशचन्द्र लालदास, छोरीहरु रेबिका र रेचना दासले संयुक्त रुपमा डाइग्नोष्टिक सेन्टरको उद्घाटन गरेका छन् ।

ग्रामीण भेगका बिरामीलाई सम्पूर्ण सुविधासहितको उपचार सेवा पुर्याउने हेतुले डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक डा. रबिन्द्रले जानकारी दिएका छन् ।

आफ्नो अनुभव र स्थानीयको स्वास्थ्य सेवा सुविधाका लागि क्लिनिक सञ्चालनमा ल्याएको डा. रबिन्द्रले बताएका छन् । अनुभवी चिकित्सकहरुले ‘डे केयर क्लिनिक’ अन्तर्गत बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्ने उनले जानकारी दिए ।

सञ्चालक डा. रबिन्द्रका अनुसार उक्त सेन्टरमा फिजिसियन, बालरोग, हाडजोर्नी, गाइनो, नाक, कान, घाँटीसहितको अनुभवी चिकित्सकले दैनिक सेवा दिनेछन् । साथै सेन्टरमा भिडियो एक्सरे, इसीजी, भारतको सेरम कम्पनीको उच्च स्तरीय ल्यावलगायतका सेवाहरु समेत उपलब्ध हुने उनले जानकारी दिए ।

करिब २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सेन्टर सञ्चालक तथा डा. रबिन्द्रले उद्घाटनको अवसरमा ओपिडी सेवा निःशुल्क साथै ल्याब, भिडियो एक्सरे र इसीजीमा विशेष छुटको ब्यवस्था भएको जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *