Sajhamanch Archive

बालश्रमविरुद्धको दिवसको अवसरमा भद्रपुरमा अन्तरक्रिया

Published: in शिक्षा, समाज, स्थानीय तह by .

भद्रपुर । झापाको भद्रपुरले अन्तरक्रियात्मक कार्यक्रमका साथ आइतबार अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको दिवस मनाएको छ ।
प्रदेश १ कै पहिलो बालमैत्री स्थानीय तह घोषणा भइसकेको भद्रपुरले विगतमा भए–गरेका बालमैत्री अभियान र नगरमा बालश्रमको अवस्थाको समीक्षासहित अन्तरक्रिया गरेको हो ।

नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद, १ नं प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले सरकारीस्तरबाट बालश्रम शोषणविरुद्ध भइरहेका प्रयास र बालअधिकारका विषयका कानुनी प्रावधानहरुका बारे जानकारी गराएका थिए ।

भद्रपुर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले स्वागत गरेको सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन सञ्जु कोइरालाले गरेकी थिइन् । अन्तरक्रियामा नगर उपप्रमुख राधा कार्की, भद्रपुर नगर बाल सञ्जालका अध्यक्ष भावना पोखरेल, साना हातहरुका विक्रम वाग्लेले आफ्ना धारणा राखेका थिए ।

यस्तै सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका सचिव दिपक अधिकारी, ७ नं वडाध्यक्ष अभिषेक ढुंगानालगायतले भद्रपुरमा अहिले पनि बालश्रमको अवस्था रहेकोले बालश्रम विरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी र नगरप्रमुख पोखरेलले बालबालिकाको क्षेत्रमा लगानी बढाउने र बालश्रम विरुद्ध विविध क्रियाकलाप सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *