Sajhamanch Archive

गणेश खनालको ८२ औं जन्मोत्सवमा पत्रकार उपचार कोषलाई ११११११ रुपैयाँ प्रदान

Published: in मुख्य समाचार, शिक्षा, समाज by .

बिर्तामोड । शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखालाई एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।

खनाल दम्पत्तिले गत फागुन २४ गते आफ्नो विवाहको ६०औं वर्षगाँठका अवसरमा पत्रकार सहारा उपचार कोषलाई उक्त सहयोगको घोषणा गरेका थिए ।

शनिबार आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रममा शिक्षासेवी खनाल र उनकी श्रीमती बुध खनालले पत्रकार महासंघ झापाको टोलीलाई उक्त रकमको चेक प्रदान गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *