जिल्ला समन्वय समिति झापामा एमालेका सबै उम्मेदवार निर्विराेध निर्वाचित
Published:
by .झापा । जिल्ला समन्वय समिति झापाका सबै पदहरूमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।
आज असार ७ गते जिल्ला निर्वाचन कार्यालय भाद्रपुरमा मनाेनयन दर्ताको लागि निर्वाचन तालिका ताेकिएकाे थियाे । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व बराल दमक र उपप्रमुखमा शान्ता रोक्का बिर्तामोडले नेकपा एमालेकाे तर्फबाट मनाेनयन दर्ता गराए ।
यस्तै जिल्ला समन्वय समितिकाे सदस्यका लागि जुनु महरा शिबसताक्षी, सन्तोस सोरेन कनकाई, देवका बस्याल भद्रपुर, रिता नेपाली अर्जुनधारा, जलाल अलि झापा, तुलसा काफ्ले बराल मेचीनगर र कपिलमणि काफ्ले गौरादहले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयाेगले निर्धारण गरेकाे निर्वाचन तालिकाभित्र अरु दलहरूबाट कसैकाे पनि उम्मेद्बारी नपरेको नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले जनाएका छन् । अध्यक्ष कार्कीले एमालेबाट उम्मेदवारी दिएका सबैजना निर्विरोध निर्वाचित भएको जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई हार्दिक बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
निर्वाचन आयाेगले याे समाचार तयार पार्दासम्म आधिकारिक घाेषणा गरेकाे छैन ।
Comments