Sajhamanch Archive

बिर्तामोड नगर कार्यपालिकाको ताजाको निर्णयः बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ मा रहेको बुधबारे हटियाका बारेमा केही दिनदेखि भइरहेको दबाव आन्दोलन एवम् मागबारे उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ ।

मंगलबार (आज) बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई र पूर्व जनप्रतिनिधि गोपीचन्द्र गिरी सदस्य रहेका छन् ।

यस्तै अनारमनी गाविसका पूर्व अध्यक्ष हर्कलाल गिरीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यमा अनारमनी गाविसका पूर्वउपाध्यक्ष लोकवन्धु कन्दङ्गवा र वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन रहेका छन् । यी दुवै कार्यदलले स्थानीय परिवेशसमेतको अध्ययन गरी एक महिना भित्रमा प्रतिवेदन बुझाउने निर्णय गरिएको जनाइएको छ ।

कार्यपालिका बैठकले नगरप्रमुख पवित्रा महतारा प्रसाई माथि भएको अशोभनीय एवम् अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । असार ६ गते कार्यपालिकासहित सर्वदलीय वैठकमा बुधबारे हटियाको विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले देखाएको व्यवहारप्रति नगर कार्यपालिकाको ध्यानाकर्षण भएको जनाइएको हो ।

अब उप्रान्त कतैबाट यस प्रकारका अराजक गतिविधि दोहोरिएमा कानुन अनुसार कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेसमेत निर्णयमा उल्लेख छ ।

आज मंगलबारको कार्यपालिका बैठकले राजश्व परामर्श समिति गठन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम समिति गठन गरिएको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित सो समितिमा वडाध्यक्ष अग्निप्रसाद पाण्डे, रोहित प्रसाई र कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मा सदस्य रहेका छन् ।

बैठकले विभिन्न ६ वटा विषयगत समितिसमेत गठन गरेको छ । जसमा पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद व्यवस्थापन समिति, सामाजिक विकास समिति, विधेयक समिति र सार्वजनिक सेवा तथा क्षमता विकास समिति रहेका छन् ।

पूर्वाधार विकास समितिको संयोजकमा कार्यपालिका सदस्य जगतबन्धु राजवंशी र सदस्यहरुमा वडाध्यक्ष अजय कार्की, किशोर पौडेल रहेका छन् । यस्तै आर्थिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य संगीता शिवा र सदस्यहरुमा वडाध्यक्ष राहुल शर्मा, कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।

यस्तै वडाध्यक्ष दूर्योधन गुरुङ्गको संयोजकत्वमा वातावरण तथा विपद व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिको सदस्यहरुमा वडाध्यक्ष रोहित प्रसाई र कृष्णप्रसाद खरेल रहेका छन् । यस्तै कार्यापालिका सदस्य यमुना आचार्यको संयोजकत्वमा सामाजिक विकास समिति गठन गरिएको छ । सो समितिको सदस्यहरुमा कार्यपालिका सदस्य तिला गौतम र निर्मला सुनार रहेका छन् ।

यस्तै विधेयक समितिको संयोजकमा शर्मिला राजवंशी र सदस्यहरुमा वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा, मदन बुढाथोकी रहेका छन् । यसैगरी सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा कार्यपालिका सदस्य लक्षिमा खतिवडा र सदस्यमा वडाध्यक्ष हरिप्रसाद चौलागाई, निर्मला सुनार चयन भएका छन् ।

बैठकले बिर्तामोडको मुक्तिचोक र दक्षिण भद्रपुर रोडको ग्रीनवेल्ट एरियाएको सरसफाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अमानतबाट सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *