प्याब्सनद्वारा बजेटमा बालबालिका समेट्न भद्रपुर नगरपालिकासँग माग
Published:
by .भद्रपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भद्रपुरले निजी विद्यालयका बालबालिकालाई पनि आसन्न बजेटमार्फत सम्बोधन गर्न नगरपालिकासँग माग गरेको छ ।
प्याब्सनका नगर समिति अध्यक्ष रत्नबहादुर गिरीको नेतृत्वमा गएको टोलीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई मागपत्र बुझाएको हो ।
मागपत्रमा विगतका सरकारले जस्तो निजी विद्यालयका बाल बालिकालाई बेवास्ता नगर्न सुझाव समेत दिइएको छ ।
Comments