Sajhamanch Archive

पेट्रोलमा प्रतिलिटर २० र डिजेल २९ रुपैयाँले घट्यो भाउ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल र मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल र मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य भरे राति १२ बजे पछि लागू हुने निगमले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *