केर्खाबजारमा दुर्गा मन्दिरको जिर्णोद्दार गरी मूर्ति प्रतिस्थापन
Published:
by .कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खाबजारमा रहेको करिब ४० वर्ष पुरानो दुर्गा मन्दिरको जिर्णोद्दार गरी देवीको मूर्ति प्रतिस्थापन गरिएको छ ।
केर्खा–क्याम्पा सडकको बीच भागमा रहेको दुर्गा मन्दिरको जिर्णोद्दार सडक निर्माणसँगै भए पनि आज दुर्गापूजा गरी मूर्ति प्रतिस्थापन गरिएको दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विरध्वज विष्टले जानकारी दिए ।
२०४३ सालमा स्थानीयबासीले मन्दिर निर्माण गरी देवीको मूर्ति स्थापना गरेका थिए । समय क्रमसँगै सडक कालोपत्रे गर्ने क्रममा ठूलो क्षेत्रफल ओगटेको मन्दिरलाई सानो आकारमा जिर्णोद्दार गरी देवीको मूर्ति प्रतिस्थापन हो ।
मन्दिर व्यवस्थापन समितिका सल्लाहकार लैनबहादुर पौडेलका अनुसार शहीद धर्मभक्त माध्यमिक विद्यालयमा राखिएको देवीको मूर्तिलाई आज पूजाआजासहित केर्खाबजार परिक्रमा गराएर मन्दिरमा प्रतिस्थान गरिएको हो ।
Comments