चेतना प्रकाशनद्वारा विभिन्न क्षेत्रका ६ जना व्यक्तित्व सम्मानित
Published:
by .बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बीच चेतना प्रकाशन समूहले विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
चेतना प्रकाशन समूह झापाको आयोजनामा साहित्य, शिक्षा, कानूनी क्षेत्रका अग्रजहरुलाई सम्मान गरिएको हो । प्रकाशन समूहका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता तथा भाषाविद चूडामणि रेग्मीको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।
वरिष्ठ अधिवक्ता लीला उदासी, निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराई, निवृत्त शिक्षकहरु हरिचण बानियाँ र डम्बरबहादुर बस्नेत, केपी ढकाल र मोरङ निवासी मधु पोखरेललाई सम्मान गरिएको हो । सम्मानित सबैलाई जनही ७ हजार ५०० नगदसहित सम्मान पत्र र खादा अर्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रेग्मी, सम्मानितहरु सबैले मन्तव्य राखेको कार्यक्रममा व्यङ्ग्य साहित्यकार कोमलप्रसाद पोखरेल, झाँक्री गोले, विन्दूप्रसाद दाहाल, ज्ञानेन्द्र ढुङ्गाना, मधु पोखरेल, दुर्गाप्रसाद सिग्देल, मायामितु न्यौपाने, कल्पना ओली, डा. खगेन्द्र दाहाल, मिना अधिकारी लगायतले साहित्य रचनावाचन गरेका थिए ।
अध्यक्ष खरेलले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन पुण्य खरेलले गरेका थिए । सहकारी संस्था सञ्चालनको अवधारणा राखेर स्थापना भएको चेतना सहकारी पछिल्लो समय चेतना प्रकाशनका नामबाट सञ्चालनमा रहेको छ ।
Comments