प्याब्सन एन प्याब्सनका नाममा भइरहेका गतिविधि नसच्याए इस्टु भद्रपुरले आन्दोलन गर्ने
Published:
by .भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले प्याब्सन एन प्याब्सनका नाममा भद्रपुर नगरभित्र प्रचलित नियम कानुन विपरितका गतिविधि बढेको ठहर गर्दै यथाशीघ्र नसच्याइए आन्दोलनमा जाने चेतावनी दिएको छ ।
संस्थागत विद्यालयलाई संस्थागत बनाउन राज्यले तय गरेर विद्यमान नियम कानुन विपरित मनपरी ढंगबाट विद्यालय सञ्चालन गर्ने प्रवृत्ति बढेको ठहर गर्दै समितिले यस्ता क्रियाकलाप बन्द नगरे कडा आन्दोलनमा जाने निर्णय गरेको हो ।
नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक विदा मिच्ने, पठनपाठनका क्रियाकलाप बाहेक अन्य गतिविधिमा शिक्षकलाई जबरजस्ती लगाउने कार्यको विरोध गरेको छ ।
श्रम ऐनको अपहेलना गर्दै न्यूनतम पारिश्रमिक दिन अस्वीकार गर्ने, तीन वर्षयता दिइँदै आएको पारिश्रमिक बढाउनु पर्नेमा उल्टो घटाउन प्रयास गर्ने, अग्रज शिक्षक कर्मचारीमाथि अपमान गरेर काम छोड्न बाध्य बनाउनेजस्ता हर्कत बढिरहेको प्रति इक्ष्टुको ध्यानाकर्षण भएको हो ।
जिल्लामा सहमति भइसकेको कोरोनाकालको ५ महिनाको तलब सुविधा भुक्तानीमा बेवास्ता गर्ने प्रवृत्ति तुरून्त रोकेर ऐन कानुन अनुसार नचल्ने हो भने कडा आन्दोलनमा जाने निर्णय गरिएको हो ।
Comments