Sajhamanch Archive

बढीबाट कटान रोक्न कमल गाउँपालिकाका हरेक वडामा पाइलिङ नै पाइलिङ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

कमल । लगातारको वर्षासँगै आएको बढीबाट क्षति हुन नदिनका लागि कमल गाउँपालिकाले विभिन्न ठाउँमा बाँसको पाइलिङ निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ स्थित रतुवा खोलामा आएको बढीलाई नियन्त्रण गर्न १० लाख रुपैयाँ खर्चेर पाइलिङ निर्माण गरेको हो ।

वडा नम्वर ५ कै चाँजु खोलामा आएको बाढीलाई नियन्त्रण गर्न तथा बाढीबाट हुने क्षतिबाट जोगाउनका लागि २ लाख रुपैंयाँ खर्चेर पाइलिङ लगाइएको छ । कमल खोलामा वर्षेनी बाढी आउने र त्यसबाट ठूलो मात्रमा क्षति हुने गरकोले वडानम्बर २ को सुनारामा ५ लाख रुपैयाँको लागतमा पाइलिङको कार्य सम्पन्न गरिएको गाउँपालिकाका इन्जिनीयर सागर यादवले जनाकारी दिएका छन् ।

त्यसैगरी वडा नम्बर ३ सानो केर्खामा पाइलिङ निर्माणको काम धमाधम भइरहेको छ भने वडा नम्बर ३ र ४ को सिमानामा पर्ने ढ्याँग्रे खोलामा समेत बाढी नियन्त्रण कालागि पाइलिङको काम भइरहेको जनाइएको छ । वडा नम्वर १ सरङ्गपाडा पूर्व कमल खोलामा समेत पाइलिङको काम भइरहेको इन्जिनीयर यादवले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *