दक्षता हासिल गरे कोही बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी
Published:
by .मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले व्यवसायिक सीप अहिलेको आवश्यकता रहेको बताएका छन् ।
बेरोजगर युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सीप सिकेर दक्ष बन्ने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनको भनाई छ।
प्रतिभा युवा परिवार मेचीनगरले आयोजना गरेको तीन महिने प्लाम्विङ तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले नेपालमा दक्ष जनशक्तिको अभाव खड्की रहेको अवस्थामा यस्ता व्यवसायिक तालिमले दक्ष जनशक्ति उत्पादनसंगै युवाको रोजगारीमा समेत टेवा पुग्ने बताए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, व्यवसायिक सीप विकाश तालिम केन्द्र भद्रपुरका प्रवक्ता गौतम पौड्याल, मेचीनगर कार्यापालिका सदस्य कविता मिजार, मेचीनगर ८ की महिला सदस्य मनकुमारी गिरी, संस्थाका सल्लाहकार टिकाभूषण आत्रेय, लालबहादुर थामी, प्रशिक्षक लोकबहादुर राउतलगायतले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सिकेको सीप व्यवहारमा उतार्दै स्वरोजगार बन्न सुझाएका थिए ।
व्यवसायिक तथा सीप विकाश तालिम केन्द्र भद्रपुरको प्राविधिक सहयोगमा सञ्चालित तालिममा मेचीनगर क्षेत्रका १५ जना युवा सहभागी थिए । तालिममा सहभागी प्रशिक्षार्थी सूर्य भट्टराईले आफ्नै ठाँउमा व्यवसायिक सीप सिक्न पाउँदा खुसी लागेको बताउदैँ प्लाम्विङ तालिमले आफूहरुलाई रोजगारीका लागि थप हौसला मिलेको बताए ।
संस्थाका अध्यक्ष राजु गौतमको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा स्वागत मन्तव्य सचिव विकास राउतले गरेका थिए भने, सञ्चालन कार्यक्रम संयोजक संजय थामीले गरेका थिए ।
Comments