बाह्रदशीमा धान दिवसः हिले दौड, हिले नाच, बीउ फ्याल्ने, हलो जोत्ने, बीउ रोप्ने कार्यले दिलायो मनोरञ्जन
Published:
by .बाह्रदशी । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कार्यालयको आह्वान बमोजिम राष्ट्रिय धान दिवस मनाउने कार्यक्रमलाई बाह्रदशी गाउँ कमिटीले पूरा गरेको छ ।
गाउँ कमिटीको आयोजनामा बाह्रदशी वडा नं. ५ स्थित पूर्वीटोलमा नरप्रसाद सापकोटाको जमिनमा दही चिउरा खाँदै राष्ट्रिय धान दिवस कनाइएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज हरिबहादुर राजवंशीको प्रमुख आतिथ्यमा गाउँपालिका स्तरीय धान दिवस मनाइएको हो ।
उक्त अवसरमा मन्तब्य राख्दै राजवंशीले किसानहरु रसायनिक मलको चरम अभावमा रहेकाले सरकारलाई तत्कालै मल उपल्ब्ध गराउन आग्रह गरे । केही दिनदेखिको अविरल वर्षाका कारण गाउँपालिकाका विभिन्न ठाउँहरुमा बाढी र डुवानका घटना हुँदै गरेकाले एमाले नेता राजवंशीले विस्थापितहरुको उचित व्यवस्थापन गर्न पालिका सरकारलाई सुझाव पनि दिए ।
‘हालसम्म भएको क्षतिको तत्काल अनुगमन गर्दै यथाशिघ्र राहत उपल्ब्ध गराउन र घरबासबाट विस्थपितहरुको उचित ब्यवस्थापन गर्न बाह्रदशी पालिका सरकारलाई मेरो अनुरोध छ’ नेता राजवंशीले भनेका छन् ।
सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष देबेन्द्र चम्लागाईले बाह्रदशी गाउँपालिकालाई चाँडै कृषिमा आत्मनिर्भर बनाउनका लागि लागिपर्ने बताउँदै सामुहिक कृषि प्रणालीलाई आत्मसाथ गर्नुपर्ने भनाई राखे ।
गाउँपालिका पार्टी कमिटीका अध्यक्ष बुद्धराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य तथा ३ नम्बर क्षेत्रीय संयोजक लक्ष्मण पाठक, बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष शान्ता खरेल, कार्यपालिका सदस्य तथा गाउँ कमिटी उपसचिव मनबहादुर राजबन्शी, लोचन गुरागाईंलगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति थियो ।
पार्टी सचिव घनेन्द्र ढकालले सन्चालन गरेको उक्त कार्यक्रममा हिले दौड, हिले नाच, बीउ फ्याल्ने, हलो जोत्ने, बीउ रोप्ने लगायतका विभिन्न खेल मनोरन्जनात्मक कार्यहरु गरिएको थियो ।
Comments