Sajhamanch Archive

कनकाई नगरपालिकामा धान दिवसः नगरबासीलाई कृषिमा आत्मनिर्भर बनाइने

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

कनकाई । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग” भन्ने मूल नाराका साथ भmापाको कनकाईमा राष्ट्रिय धान दिवस मनाइएको छ ।

कनकाई नगरपालिका र कारितास नेपालको विशेष सहयोगमा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको हो । कनकाई नगरपालिका वडा नं. ५ स्थित जैविक आईपिएम कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल एवम् उपप्रमुख आशा शर्मा शिवाकोटीले धान रोपेर उद्घाटन गरेका थिए ।

सो अवसरमा कनकाई नगरपालिकाका प्रमुख पोखरेलले कनकाईमा कृषकको उत्पादन र बजारीकरणलाई विशेष जोड दिँदै अघि बढ्ने योजना रहेको बताए । आ.व. २०७९÷८० मा कनकाई नगरपालिकाको तर्फबाट कृषिलाई नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउँदै नगरप्रमुख पोखरेलले नगरबासीलाई कृषिमा आत्मनिर्भर बनाउने आश्वासन दिए ।

पछिल्लो समय कारितास नेपालसँगको सहकार्यमा कनकाई नगरपालिकाले कृषकहरुलाई जैविक खेतीतर्फ अघि बढ्न प्रेरित गरेको बताइएको छ । कार्यक्रममा कृषकहरुलाई आवश्यक कृषि सामग्रीसमेत वितरण गरिएको कारितास नेपाल कनकाईका प्रमुख विवेक शिवाकोटीले जानकारी दिए ।

जैविक आईपिएम कृषक समूहका अध्यक्ष गायत्रा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कारितास नेपाल क्षेत्रीय कार्यालय दमकका कार्यक्रम व्यवस्थापक देवेन्द्र पोखरेलले कार्यक्रममा सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए । कार्यक्रमको संचालन कारितास नेपाल क्षेत्रीय कार्यालय दमकका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *