Sajhamanch Archive

एमाले केन्द्रीय सचिवालयको निर्णयः सातै प्रदेशमा उपाध्यक्षहरु तोकियो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । नेकपा एमालेले प्रदेश र जिल्ला तहमा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतका लागि उपाध्यक्षहरुलाई प्रदेशमा खटाउने निर्णय गरेको छ ।

बैठकका निर्णयहरु सार्वजनिक गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले प्रदेश र जिल्लामा प्रशिक्षणका लागि नेतृत्व खटाइएको जनाएका हुन् ।

उनका अनुसार अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेश प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पण्डे, वागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *