Sajhamanch Archive

तिलक गजमेरको अध्यक्षतामा मुक्ति समाज झापाको नयाँ नेतृत्व चयन

Published: in राजनीति, समाज by .

झापा । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको नवौं जिल्ला सम्मेलनबाट तिलक गजमेरको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरिएको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका निवर्तमान प्रमुख सोमनाथ पोर्तेलले सामाजिक सञ्जालमा तस्वीर राख्दै सो सम्बन्धी जानकारी गराएका छन् । जसअनुसार जिल्ला कमिटीको उपाध्यक्षद्वयमा रमेश त्रिखत्री र सूर्य गजमेर चयन भएका छन् ।

यस्तै, सचिवमा गोपाल लकान्द्री र सहसचिवद्वयमा विभा पासवान र रिता ठटाल चयन भएका छन् भने कोषाध्यक्षमा मणिकुमार शंकर सर्वसहमत निर्वाचित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *