Sajhamanch Archive

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या

Published: in मुख्य समाचार, विश्व समाचार by .

झापा । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदहाडै गोली हानेर हत्या गरिएको छ । चुनावी अभियान अन्तर्गत स्थानीय समय अनुसार आज बिहान ११ः३० बजे नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । ६७ वर्षीय आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका थिए ।

पर्सी जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए ।

उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो । आबेमाथि गोली हान्ने ४१ वर्षीय एक पुरुष संन्धिग्ध अपराधी प्रहरी नियन्त्रणमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *